प्रचण्डलाई कभिन्स गर्ने भिष्म ढुंगानाको प्रयास, खटाए आफु निकटका कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2021 | 09:37:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले लगातार स्पष्टिकरण सोधेपछि दबाबमा परेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पद जोगाउन विभिन्न उपाय अपनाउन थालेका छन् । एमाले निकट भनेर चिनिने उनी एमाले सरकारबाट बाहिरिएपछि अन्य दलका नेताहरुलाई कन्भिन्स गर्न लागि परेको पाईएको छ । 

यसै बीच अध्यक्ष ढुंगानाले आफ्ना कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पुर्याउनको लागि दौडधुप गरेको खुलेको छ । उनले बोर्डमा रहेका आफ्ना विश्वासपात्र डा. नवराज अधिकारीलाई चितवन पठाएको खुलेको हो । उपकार्यकारी निर्देशक रहेका डा. अधिकारीलाई बोर्ड अध्यक्ष ढुंगानाले चितवन पठाएर प्रचण्ड पुत्री रेणु दाहालसँग छलफल गर्न लगाएको स्रोतले जनाएको छ ।  अध्यक्ष ढुंगानाको आदेश अनुसार डा. अधिकारी चितवन पुगेर छलफल गरेर फर्किसकेका छन् । 

स्रोतका अनुसार अध्यक्ष ढुंगाना  रेणु दाहाल मार्फत आफ्ना कुरा प्रचण्डसम्म पुर्याऐर पद जोगाउन चाहन्छन् । सोहि अनुसार उनले डा. अधिकारीलाई चितवन पठाएका हुन् । डा. अधिकारीले यो झमेला सल्टाईदिए उनलाई कामु कार्यकारी निर्देशक दिने आश्वासन अध्यक्ष ढुंगानाले दिएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार डा.अधिकारी भदौ ४ गते शुक्रबार चितवन गएका थिए । शनिवार, आइतबार र सोमबार पनि सार्वजनिक विदा परेकोले उनी त्यस समय चितवन गएको र ८ गते मंगलबार कार्यालयमा हाजिर भएका थिए । 

यति मात्र नभई अध्यक्ष ढुंगानाले आफ्नो पद थामौतिको लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मार्फत पनि कोशिश जारी राखेको स्रोत बताउछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved