प्रभु बैंकको साढे २ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 31, 2021 | 08:19:31 AM मा प्रकाशित

laxmi bank

प्रभु बैंक Prabhu Bank Limited को २ साढे लाख कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो  । 

बैंकले यी शेयर आज भदौ १५ देखि भदौ २८ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ कायम गरेकोले आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् ।  आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 

आवेदक संस्था भएमा संस्थाको कर चुक्ता विवरण, संचालक समितिले शेयर खरिद गर्ने निर्णय गरेको माईन्युट पनि पेश गर्नु पर्ने छ । लिलामीको शेयरको बोलपत्र बहदु ३० गते खोलिने क्यापिटलले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved