अर्को म्युचुअल फण्ड संचालन गर्दै नबिल इन्भेष्टमेन्ट, भदौ २५ देखि आवेदन खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 08:56:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ भदौ २५ गतेदेखि बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि गर्ने भएको छ । नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको नबिल ब्यालेन्सड्  नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्रि भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंकको लागि तथा न्युनतम १० लाख वा बिक्रि भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

  आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिनु पर्ने छ । यस निष्काशनमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । 

नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना संचालनको लागि अनुमति दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved