प्रभु क्यापिटलले ल्यायो प्रभु ऐश्वर्य पीएमएस योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 05:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना ल्याईएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने छन्। यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको  शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । 

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका ग्राहकहरुले क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरिएको छ । त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved