सानिमा क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 10:26:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक सानिमा क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार सानिमा लार्ज क्याप फण्डले योजनाको आकार १ अर्ब २० करोडको कर सहित ४ प्रतिशतले हुन आउने ४ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

 यो दुवै योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved