
आज बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४२ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल ४२ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज नागरिक लगानी कोष Citizen Investment Trust को ९ प्रतिशतले हुन आउने २७ लाख कित्ता शेयर र स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha को १९.००५६ प्रतिशतले हुन आउने १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।