नेप्सेमा समृद्धि फाईनान्सको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 04:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार समृद्धि फाईनान्सको १४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज कम्पनीको १४ लाख २० अह्जर ७ सय १८ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो। यो कम्पनीले लिलामीमा ल्याएको शेयर हो ।

आज नेप्सेमा नागरिक लगानी कोष र स्वावलम्बन लघुवित्तको शेयर पनि सुचिकृत भएको छ ।  आज यी २ कम्पनीको गरि कुल ४२ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नागरिक लगानी कोष Citizen Investment Trust  को ९ प्रतिशतले हुन आउने २७ लाख कित्ता शेयर र स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  को १९.००५६ प्रतिशतले हुन आउने १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved