एनआईसीको म्युचुअलको लाभांश बितरणको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 07:55:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले आफुले संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश बितरणको लागि बुक क्लोज मिति तय गरेको छ  ।  क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको प्रतिफल बितरणको लागि बुक क्लोज मिति घोषणा गरेको हो । 

जस अनुसार क्यापिटलले दुवै योजनाको लागि भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । भदौ २४ गतेसम्म कायम इकाईधनीले यी दुवै योजनाको लाभ्नाश पाउँन सक्ने छन्। 

क्यापिटलले यस अघि नै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई २५ करोड ५ लाख ६० हजार र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीलाई २२ करोड ६५ लाख रुपैयाँ बराबरको प्रतिफल बितरण गर्ने छ  । 

क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved