१२ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 04:05:23 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार १२ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

आज नै नेप्सेमा लक्ष्मी बैंक  र मुक्तिनाथ विकास बैंकको ऋणपत्र सुचिकृत भएको छ । लक्ष्मी बैंकको ८.५ प्रतिशत  ब्याज दिने २० लाख कित्ता ऋणपत्र र मुक्तिनाथ विकास बैंकको ८.७५ प्रतिशत ब्याज दिने १२ लाख  ५० हजार कित्ता ऋणपत्र सुचिकृत भएको हो । सुचिकृत भएसंगै यी ऋणपत्र पनि बजारमा कारोबार योग्य भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved