नेप्सेमा अपि पावर, ङ्गादी हाइड्रो र एनएमबिको २ वटा म्युचुअल फण्डको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 07:32:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ १८ गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ हाइड्रो कम्पनी र २ म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । आज अपि पावर कम्पनी र ङ्गादी हाइड्रो तथा एमएमबिको म्युचुअल फण्डहरु एनएमबि हाइब्रिड फण्ड एल वान र एनएमबि फिफ्टीको मूल्य समायोजन भएको हो ।

अपि पावर 

अपि पावरको १०.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य ४७८.७३ कायम भएको छ  । समायोजन अघि कम्पनीको मूल्य ५२९ थियो  । 

अपि पावर कम्पनी Api Power Company  ले साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले भदौ २५ गते साधारणसभामा आह्वान गरेको छ । 

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:०.३९३६  को अनुपातमा हुन आउने ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ । कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।

ङ्गादी ग्रुप पावर

ङ्गादी ग्रुप पावरको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य ८०७.५० रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ९६९ रुपैयाँ थियो  । 

ङ्गादी ग्रुप पावर Ngadi Group Power  ले साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले असोज ३ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १ सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै साधारणसभामा हकप्रद प्रस्ताव पनि पेश हुने छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:२ को अनुपातमा हुन आउने २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

त्यस्तै साधारणसभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । साथै विशेष प्रस्तावमा कम्पनीले पर्बर्दन गरेको ७०.४० मेगावटको बझाङ अपर सेती PROR आयोजनाको प्रगति जानकारी गराउने, कम्पनीएल अन्य कम्पनीलाई गाभ्ने प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

एनएमबिको म्युचुअल फण्ड

एमएमबि फिफ्टीको ३० प्रतिशत नगद लाभांश मूल्य समायोजन भएको हो  । समायोजनपछि योजनाको प्रति इकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको छ  । समायोजन अघि योजनाको प्रति इकाई मूल्य १५ रुपैयाँ ५३ पैसा कायम थियो  ।

त्यस्तै एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि इकाई मूल्य ११ रुपैयाँ ८०पैस कायम भएको छ । समायोजनअघि इकाई मूल्य १३ रुपैयाँ ८० पैसा रहेको थियो । 

एनएमबि क्यापिटल NMB Capital  ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाभांश पाउँन सक्ने छन् ।

 योजना ब्यबस्थापक एनएमबी क्यापिटलले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरिसकेको छ  । जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित योजना हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved