'निलम्बन र राजिनामा मात्र समाधान होईन, किनेको शेयर नै जफत हुनु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 08:58:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ आउँन लागेको सर्वोत्तम सिमेन्टको शेयर परिवारको नाममा खरिद गरेर विवादमा आएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परिसकेका छन् । बोर्ड कै संचालक चन्द्र ढकालले राजिनामा दिईसकेका छन् । त्यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पनि राजिनामा दिईसकेका छन् ।

तर जानकारहरु भने राजिनामा र निलम्बन मात्र समाधान नभएकोले उनीहरुले लिएको शेयर नै जफत गर्नु पर्ने बताउछन् । वित्तीय विश्लेषक मुक्ति अर्याल दोस्रो बजारमा आउँन लागेको शेयर नियामक निकायमा रहेकाहरुले खरिद गर्नु फाईनान्सियल फ्रड भएकोले त्यो कारोबार नै रद्द गरिनु पर्ने बताउछन् । त्यो शेयर फिर्ता गरेर उनीहरु माथि आर्थिक जरिवाना गरिनु पर्ने उनी बताउछन् ।

विदेशमा भए यस्तो केसमा जेल सजायसम्म हुने, आजीवन शेयर बजारबाट प्रतिबन्ध लाग्ने उनको भनाई छ । तर नेपालमा भने यस बारे कानुनी ब्यबस्था स्पष्ट नभएको उनको भनाई छ । कानुनी ब्यबस्था स्पष्ट नभए पनि कानुन बनाएर नै कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ । अहिले कानुन अभाव देखाएर उन्मुक्ति दिने हो भने पछि थप समस्या आउने उनी बताउछन् । त्यसैले शेयर फिर्ता गराउने, आर्थिक जरिवाना तिराउने, प्रतिबन्ध लगाउने जस्ता एक्सन लिनु पर्ने उनी बताउछन् ।

शेयर बजारबारे जानकार एक अधिवक्ता पनि उनीहरुले गलत तरिकाबाट शेयर लिएकोले त्यो फिर्ता हुनु पर्ने बताउछन् । उनीहरुसँगको शेयर नेपाल सरकारले जफत गर्नु पर्ने र त्यसलाई सर्बसाधारणको लागि लिलामीमा ल्याउनु पर्ने उनको भनाई छ । कानुनी ब्यबस्था नभए कानुन बनाएर भए पनि ति शेयर जफत गरेर लिलामीमा ल्याएर जो कोहि आम मानिसले आवेदन दिन सक्ने ब्यबस्था गरिनु पर्ने उनी बताउछन् । यसो नगरे यस्ता गह्ताना दोहोरी रहने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved