आइतबार शेयर बजार परिसूचक नेप्से १०८.२६ अंकले घटेको छ । आज नेप्से सूचक ३.७० प्रतिशतले घटेर १८१८.७३ को विन्दुमा पुगेर बन्द भएको छ ।
आजको कारोबारको पहिलो २ घण्टा भित्र सूचक ५ प्रतिशत अर्थात् १४७.३१ अंकले घटेपछि ४० मिनेट सर्किट ब्रेक लगाईएको थियो । त्यसपछि भने बजारमा केहि सुधार भएको हो ।
आज कारोबारमा आएका २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता शेयर खरिद बिक्रिबाट ११ अर्ब २४ करोड ३ लाख ९१ हजार बराबरको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ७० करोड ३३ लाख बढीको कारोबार भएको छ । अन्य बढी कारोबारमा हुनेमा हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख, नेपाल बैंकको २५ करोड ३१ लाख, नबिल बैंकको २४ करोड ६५ लाख रहेका छन् ।
आज कारोबारमा आएका मध्ये १७९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य मात्र बढेको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्तको शेयारमूल्य ४.०२ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ८.०१ प्रतिशतले घटेको छ भने विकास बैंक समुह ७.२१ प्रतिशतले घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।