
राधी विद्युत कम्पनीले बोनसको कर नतिरेसम्म बोनस वापतको उक्त शेयर फ्रिज गरिएको जनाएको छ । शेयर अनफ्रिज गर्नको लागि कर तिर्नको लागि कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्न लागेको हो । ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भइसकेको छ ।
सोहि शेयर अनफ्रिज गराउनको लागि कर तिर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले अनलाइनबाट नै कर तिर्न सकिने जनाएको छ । कम्पनीले कनेक्ट आईपीएसबाट कम्पनीको खातामा कर वापतको रकम तिर्न वा बैंक अफ काठमाडौँको जुन सुकै शाखामा गई बैंकको कमलपोखरी शाखामा खोलिएको बैंक खातामा रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले कर जम्मा गरिसकेपछि कर जम्मा गरेको भौचर कम्पनीको इमेल आईडिमा [email protected] मा पठाउन आग्रह गरेको छ । कर जम्मा गर्दा आफ्नो डिम्याट खाता लेख्न पनि कम्पनीले आग्रह गरेको छ ।
आफुले तिर्नु पर्ने कर वापतको रकम र बोनस वापत आउने शेयरको विवरण कम्पनीको वेबसाइटमा रहेको dividend result मा क्लिक गरेर आफ्नो डिम्याट खाता हालेर वा यहाँ क्लिक हेर्न सकिने छ।