एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 07:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनामा आवेदन दिने आज भदौ २१ गते अन्तिम दिन रहेको छ । क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।

 क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको छ । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ४० लाख  इकाईको लागि आवेदन दिनु पर्ने छ । 

यस निष्काशनमा  हालसम्म ४६ करोड बढीको आवेदन परेको छ  । यस निष्काशनमा  आइतबार साँझसम्ममा ८० हजार ९६ जना आवेदकबाट ४ करोड ६१ लाख ५४ हजार ४ सय ५० इकाईको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएबि क्यापिटलले जनाएको छ  ।

नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved