
 2mb (1).gif)
लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलिई बर्खास्त गर्न माग गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम राखेको छ ।
समितिले पुतलीसडकबाट बाइक र्याली गर्दै राष्ट्र बैंक पुगेर राष्ट्र बैंक घेराउ गर्न लागेको हो । सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।
गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ। समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।
लगानीकर्ताहरुले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् । माग पुरा नभए आमरण अनसन बस्ने समितिले जनाएको छ ।