गभर्नरलाई पूर्व अर्थसचिव सुवेदीको सुझाव ' ४ र १२ करोडको सीमा हतारमा परिवर्तन नगर्नुस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 02:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थ सचिव शान्तराज सुवेदीले नेपाल राष्ट्र बैंकलाई हालको मार्जिन शेयर सम्बन्धि ब्यबस्था परिमार्जन नगर्न सुझाव दिएका छन् । अर्थ सचिव हुँदा नेपाल राष्ट्र बैंकको संचालक रहेका सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई हतारमा नियम परिवर्तन नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन् 'एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एक व्यक्तिले १२ करोड रुपैयाँ सम्ममात्र शेयर धितोमा ऋण लिन पाउने नियमको कारण सेयर बजार ओरालो लागेको भए आत्तिनु पर्दैन। यो निश्चित ब्यक्ति/समूहले आफ्नो स्वार्थमा चालेको चाल हुनसक्छ। बजार घटबढ हुनु सामान्य हो। नेपाल राष्ट्र बैंकले आम नागरिकको हित हेर्नुपर्छ।'

त्यस्तै उनले सेयर धितो राखेर ऋण लिन पाउने यो सीमा निकै बढी रहेको समेत बताएका छन्। उनले भनेका छन् ' सेयरको दोस्रो बजार माग र आपूर्तिले निर्धारण गर्ने हो। वित्तीय परिसूचकहरू कमजोर रहेका जलविद्युत आयोजनाहरूको सेयर अचाक्ली बढेको थियो जसको करेक्सन आवश्यक छ। त्यसैले आत्तिनु आवश्यक छैन। '


उता नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर कर्जा लिन पाइनेबारे थप प्रष्ट पारेको छ। बैंकले आफ्नो वेबसाइटमा 'बारम्बार सोधिने प्रश्न' मा यो बिषय राख्दै सेयर धितो ऋणमा लगाइएको सिमाबारे प्रष्ट पार्ने प्रयास गरेको हो। 

'के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?' भन्ने प्रश्न राखेर राष्ट्र बैंकले सेयर धितो कर्जाबारे थप प्रष्ट पारेको हो। 

राष्ट्र बैंकले भनेको छ "बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन्। अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन।" 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved