युनिलिभर नेपालको लाभांश घोषणा, एजिएम भएको ४५ दिनभित्र वितरण गरिसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 10:20:28 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल Unilever Nepal  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् 

कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved