४४ अंकले घट्यो नेप्से सूचक, १५९ कम्पनीको मूल्यमा गिरावट, युनाईटेड मोदीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 03:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.१८ अंकले घटेर २९३६.६१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ ४३ पैसा बराबरको भएको छ । जस मध्ये युनाईटेड मोदी हाइड्रोको सबैभन्दा धेरै ६१ करोड ९२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोको ३८ करोड ४२ लाख, अपि पावरको १९ करोड १२ लाख, जीवन विकास लघुवित्तको १७ करोड ५७ लाख, तथा रिडी हाइड्रोको १६ करोड ४ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल एण्ड टुरिजम समुह सबैभन्दा धेरै २.९९ प्रतिशत तथा लघुवित्त समुह २.५८ प्रतिशतले घटेको छ । 

आज सानिमा लाइफको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने युनाइटेड मोदीको शेयर मूल्य ७.७८ प्रतिशतले तथा एचआइडिसीएलको शेयर मूल्य ५.१६ प्रतिशतले बढेको छ । आज आरएमडिसी लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ भने रुरु हाइड्रोको शेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १५९ कम्पनीको शेयर मूल्य घटेको छ भने २६ कम्पनीको शेयर मूल्य मात्र बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved