
 2mb (1).gif)
सीबिआईएल क्यापिटल CBIL Capital ले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरणको क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २३ गते कायम इकाईधनीले मात्र यी योजनाको लाभांश पाउँन सक्ने छन् ।
जस अनुसार आज भदौ २३ गतेसम्म कायम इकाईधनीले मात्र सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश पाउँन सक्ने छन् । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
यी सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।