कहिलेसम्म कायम शेयरधनीले पाउँछन् एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 10:19:25 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले हकप्रद बिक्रि खुला हुने मिति भने तय गरेको छैन ।  

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved