सानिमाको २ म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 12:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले आफुले संचालन गरेको म्युचुअल फण्ड योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले लाभांश बितरणको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस हिसाबमा भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्र म्युचुअल फण्डले दिने लाभांश पाउँन सक्ने छन्  ।  सानिमा क्यापिटलले यस अघि नै आफ्ना फण्डहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश घोषणा गरिसकेको छ । 

जस अनुसार सानिमा लार्ज क्याप फण्डले योजनाको आकार १ अर्ब २० करोडको कर सहित ४ प्रतिशतले हुन आउने ४ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

 यो दुवै योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved