
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सीबिआईएल क्यापिटल CBIL Capital ले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको इकाई मूल्य समायोजन भएको छ । नेप्सेमा आज सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य समायोजन भएको हो ।
जस अनुसार सिटिजन्स म्युचुअल फण्ड १ को इकाई इकाई मूल्य प्रति इकाई ११.२० रुपैयाँ कायम भएको छ । समायोजनअघि यस योजनाको इकाई मूल्य प्रति इकाई १५ रुपैयाँ २० पैसा थियो । ४० प्रतिशत लाभांशमा इकाई मूल्य समायोजन भएको हो ।
त्यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य प्रति इकाई ११.४९ रुपैयाँ कायम भएको छ । समायोजनअघि यस योजनाको इकाई मूल्य प्रति इकाई १५ रुपैयाँ ४९ पैसा थियो । ४० प्रतिशत लाभांशमा इकाई मूल्य समायोजन भएको हो ।
दुवै योजनाको लाभांश वितरणको क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २३ गते कायम इकाईधनीले मात्र यी योजनाको लाभांश पाउँन सक्ने छन् । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
यी सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।