नबिल इन्भेष्टमेन्टको नयाँ म्युचुअल फण्डमा आवेदन खुला, यसै वर्षदेखि लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 07:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङले आज भदौ २५ गतेदेखि बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको नबिल ब्यालेन्सड्  नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्रि भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंकको लागि तथा न्युनतम १० लाख वा बिक्रि भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

  आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना संचालनको लागि अनुमति दिएको थियो । 

यस योजनाले यसै वर्षदेखि लाभांश दिने कमपनीले जनाएको छ । 

यो पनि : 'नबिल ब्यालेन्सड् फण्ड ३ का लगानीकर्ताले यसै वर्षदेखि प्रतिफल पाउँछन्'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved