संसदमा अर्थमन्त्रीलाई प्रश्न 'कसको स्वार्थमा शेयर मूल्य बढाउँन गभर्नरलाई फोन गरेको ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 02:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्मामाथि आर्थिक घोटाला गरेको आरोप लागेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले मन्त्री शर्माले आर्थिक घोटाला गरेको आरोप लगाएका हुन् ।

शेयर बजार घटिरहेको बेलामा अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि शेयर बजार बढेकोले कसको स्वार्थमा फोन गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएका हुन् । मन्त्री शर्माले बजारमा ३७ लाख लगानीकर्ता रहको र ति मध्ये २ सयले मात्र फाइदा लिएको सार्वजनिक अभिव्यक्ति दिएको र शेयर बजार घटिरहेको बेलामा मन्त्रीले गभर्नरलाई फोन गरेपछि शेयर मूल्य बढेको उल्लेख गर्दै कसको स्वार्थमा मूल्य बढाउँनको लागि फोन गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएका हुन् । बजार बढाउनलाई फोन गरेर मन्त्री शर्माले आर्थिक घोटाला गरेको उनको आरोप थियो ।

मन्त्री शर्माले भने आफुले मूल्य घटाउन वा बढाउनको लागि फोन नगरेको र संचारमाध्यममा आएका कुरामा सत्यता नरहेको जवाफ दिएका छन् ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा गत सोमबार  अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved