सार्वजनिक संस्थानको आईपिओ ल्याउने अर्थमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक संस्थानको आईपिओ जारी गर्ने भएको छ । बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकताका आधारमा कम्पनी मोडलमा ल्याई पुंजीबजारमा सुचिकृत गराउने बताएका हुन् ।

उनले यी संस्थानलाई कम्पनी मोडलमा लगेर पुंजीबजारमा सुचिकृत गर्दै आत्मानिर्भर बनाउदै थप पुंजी जुटाउने घोषणा गरेका हुन् । उनले घाटामा गएका सार्वजनिक संस्थानलाई ब्यबस्थापकिय सुधार गर्ने, खारेज गर्ने वा अन्य विकल्पमा लैजाने घोषणा गरेका हुन् । 

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved