३६५ औ दिनको पुँजीगत लाभकर ५ कि ७.५ प्रतिशत ? मन्त्री शर्माले हटाईदिए अन्यौल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 06:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शेयरको पुंजीगत लाभकरको बारेमा देखिएको एउटा अन्योललाई कानुनी रुपमा समाधान दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा  आर्थिक विधयेक प्रस्तुत गर्दै ३६५ दिन धारण गरेको शेयरको पुंजीगत लाभकर के हुने भन्ने प्रश्नको कानुनी समाधान दिएका हुन् । 

जस अनुसार अब आफुले शेयर खरिद गरेको ३६५ दिन वा सो भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ भने ३६५ दिनपछि शेयर बिक्रि गरेमा  ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । 

गत साउन १ गतेदेखि आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने र ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने ब्यबस्था थियो । तर ३६५ औ दिनमा भने के हुने प्रष्ट थिएन ।  ३६५ औ दिनमा के हुने भन्ने कानुनी रुपमा प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले भनेको थियो । तर त्यसको कानुनी आधार भने थिएन  । मन्त्री शर्माले आज आर्थिक विधयेक प्रस्तुत गर्दै यसबारेको अन्योल समाधान गरिदिएका हुन् । 

सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved