अरुण काबेलीको लाभांश तथा हकप्रद प्रस्ताव पारित, आगामी बर्ष झनै बढी लाभांशको प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 09:10:26 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर @Arun को लाभांश पारित भएको छ। कम्पनीको भदौ २६ गतेको एघारौँ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश पारित गरेको हो ।

साधारणसभाले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

कम्पनीको साधारणसभाले पारित गरेसंगै कायम सेयरधनीहरुले अब उक्त लाभांश पाउनेछन्। 

त्यस्तै साधारणसभाले हकप्रद प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:१ को अनुपातमा हुन आउने १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको हो।

हकप्रदबाट आउने रकम कम्पनीको ऋण तिर्न प्रयोग हुने र यसले भविष्यमा झनै राम्रो अंकको लाभांश वितरण गर्न सकिने अवस्था सृजना हुने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले साधारणसभामा बताए।  यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

अरुण काबेलीले प्रदेश १ मा अवस्थित काबेली नदिबाट २५ मेगावाटको हाइड्रोइनर्जीबाट बिजुली उत्पादन तथा बिक्रि गर्दै आएको छ। गत बर्ष बिजुली बिक्रि गरेर मात्रै अरुण काबेलीले ७० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved