नेपाल ल्युब ओइलको लाभांश घोषणा, साधारणसभाको लागि बुक क्लोज मिति पनि तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 10:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्युब ओइल लिमिटेड (एनएलओ) ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २५, २०७८ मा बसेको ३५८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा कर प्रयोजन सहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

कम्पनीले नेप्सेलाई दिएको जानकारीअनुसार ३५ प्रतिशत लाभांशमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद रहेको छ। यस अगाडीको आर्थिक बर्षमा कम्पनीले १० प्रतिश्त नगद लाभांश दिएको थियो। 

त्यस्तै, कम्पनीले यहि असोज १८ गते डाकेको बार्षिक साधारणसभाको प्रयोजनार्थ असोज ५ गतेदेखि असोज १८ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात असोज ४ गतेसम्म कायम सेयरधनिहरुले कम्पनीको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन। 

कम्पनीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल मार्फत बार्षिक साधारणसभा गर्ने भएको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved