अर्थमन्त्रीको प्रश्न: 'मैले गभर्नरलाई फोन नै गर्न नपाउने'?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 06:02:53 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरलाई आफुले किन फोन गर्न नपाउने भन्दै प्रश्न गरेका छन्। आज अर्थ मन्त्रालयमा बजेट प्रतिस्पथापन विधयेकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मलेनमा उनले 'अर्थमन्त्रीले गभर्नरलाई फोन गर्न पनि नपाउने हुन्छ र' भन्दै प्रश्न गरेका हुन्  । 

उनले गभर्नर आफ्नो सल्लाहकार भएकोले उनीसँग फोनमा कुरा भईरहने बताएका हुन्  । यद्यपि उनले  सेयर बजारका विषयमा बढाउनुस् वा घटाउनुस् बारे आफुले केहि नभनेको प्रष्टीकरण दिएका छन् । 

उनले भने 'गभर्नर मेरो सल्लाहकार हो, उहाँलाई फोन नै गर्न नहुने ? मैले फोन गरेर उहाँलाई बजार घटाउनुस् र बजार बढाउनुस् भन्छु होला र ?”  

मन्त्री शर्माले ४२ लाख सेयर लगानीकर्ताको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भएको पनि बताए। उनले नियामक संलग्न पछिल्लो घटनामा विशेष अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समिति बनाएको र समितिले छानविन गरिरहेको बताए   । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved