एचआईडिसीएलको हकप्रद बाँडफाँड, साढे ३ करोड कित्ता बढी शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 06:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भदौ २६ गते शनिवार शेयर बाँडफाँड गरेको हो । 

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदनले १ लाख ९६ हजार ४ सय २४ जना आवेदकलाई ७ करोड ३७ लाख ७० हजार २ सय ७६ कित्ता शेयर बाँडफांड गरिएको जनाएको छ ।  यस संगै बिक्रि नभएको ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा आउने छ ।  

क्यापिटलले हकप्रद शेयर नपरेको आवेदकको हकमा भदौ ३१ गते बिहिबारदेखि पैसा फिर्ता गर्ने जनाएको छ । कनेक्ट आईपिएस मार्फत आवेदकको खातामा नै पैसा पठाईने क्यापिटलले जनाएको छ ।  

 एचआईडिसीएलके साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो। 

 कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले जेठ ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।  कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ। 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved