अपर तामाकोशीले डाक्यो दुई आर्थिक बर्षको साधारणसभा, बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 12:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एकै पटक दुई आर्थिक बर्षको बार्षिक साधारणसभा डाकेको छ। अपरले असोज १९ गतेको लागि आफ्नो १२ औं र १३ औं बार्षिक साधारणसभा डाकेको हो। 

अपरको बार्षिक साधारणसभा नेपाल बिद्युत प्राधिकरणको कार्यलयमा असोज १९ गते बिहान ११।३० हुने जनाइँएको छ। 

बार्षिक साधारणसभाको लागि अपरले असोज ४ गते को लागि बुक क्लोज मिति तय गरेको छ। असोज ४ गते अगाडीसम्म कायम सेयरधनीहरुले अपरको साधारणसभामा भाग लिन पाउनेछन। 

बार्षिक सधारणसभाका मुख्य एजेन्डामा आर्थिक बर्ष २०७५-०७६ र २०७६-०७७ को वित्तीय विवरण पास गर्ने, पारीयोजना प्रभावितहरुलाई वित्तीय अनुदान दिने लगायत छन्।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved