नवील ब्यालेन्सड् फण्ड ३ मा माग भन्दा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 05:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट Nabil Investment Banking  ले निष्काशन गरेको सामुहिक लगानी कोष योजना नबिल ब्यालेन्सड् फण्ड–३ मा माग गरिए भन्दा बढीको आवेदन परेको छ  । यस निष्काशनमा आज साँझसम्ममा  १ लाख ४ हजार ७ सय ७१ जना आवेदकहरुबाट प्रमाणित हुन बाँकी समेत गरी करिब १२,६२,५५,०४० इकाई खरीदका लागि आवेदन परेको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत ले बढी हो।


कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि नबिल ब्यालेन्सड् फण्ड ३ नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो। यो योजनाको आकार १ अर्बको रहेको छ र यो नबिलको चौथों योजना हो।

यस अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ। जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्री भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंक लिमिटेडको लागि तथा न्युनतम १० लाख वा बिक्री भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। 


योजनामा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved