नबिल इन्भेष्टमेन्टको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' मा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 14, 2021 | 08:17:52 AM मा प्रकाशित

mega bank

नबिल इन्भेष्टमेन्ट बैंकिङले आजदेखि सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि बन्द गर्ने भएको छ। यहि भदौ २५ गते देखि बिक्रि खुला गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिंङको सामुहिक लगानी कोष योजनाको इकाईमा आबेदनको मिति आजसम्म तय गरेको थियो। 

आजसम्म आबेदन दिन पाउने मिति तय गरिएकाले इच्छुकले आज कार्यालय समयसम्म आबेदन दिन पाउनेछन।

नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि ल्याएको १ अर्ब आकारको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' नामको १० वर्षे बन्दमुखी योजनाको इकाईमा हिजोसम्म ओभरसब्सक्राइब भईसकेको छ। 

नबिल इन्भेष्टमेन्टकाअनुसार हिजोसम्म १ लाख ५ हजार ८४९ आवेदकबाट कुल १२ करोड ८६ लाख ९५ हजार ९४० इकाईको लागि आबेदन परेको थियो। यो आबेदन झन्डै डेढ गुणाले बढी हो। 

नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्रि भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंकको लागि तथा न्युनतम १० लाख वा बिक्रि भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको छ ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ ।  नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना संचालनको लागि अनुमति दिएको थियो । यस योजनाले यसै वर्षदेखि लाभांश दिने कमपनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved