
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप दुई वटा डिबेन्चर सुचिकृत भएका छन्। राष्ट्र बाणिज्य बैंकको आरबीबीएल डिबेन्चर २०८३ र एनआईसी एसिया बैंकको एनआईसी एसिया बैंक ऋणपत्र २०८८ गरि दुईवटा बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएका हुन्।
नेप्सेमा राष्ट्रिय बाणिज्य बैंकले २५ जेठदेखि २८ जेठ, २०७८ सम्म जारी गरेको ८।५५ प्रतिशतको आरबीबीएल डिबेन्चर २०८३ अन्तर्गतको २५ लाख कित्ता र एनआईसी एसियाले आसार ६ देखि असर २०,२०७८ सम्म जारी गरेको एनआईसी एसिया बैंक ऋणपत्र २०८८ अन्तर्गतको १५ लाख ७३ हजार ८७२ कित्ता सुचिकृत भएको हो।
आरबीबीले बिक्रिमा ल्याएको डिबेन्चरको परिपक्व अवधी ६ बर्षको रहेको छ भने यसले बार्षिक ८।५ प्रतिशत ब्याज दिने भएको छ। ६० प्रतिशत डिबेन्चर प्राइभेट सँस्थाले र बाँकी ४० प्रतिशत सर्वसाधारणले खरिद गरेका छन्। यसको आकार १० लाख इकाईको रहेको छ।
त्यस्तै एनआईसी एसियाले बिक्रिमा ल्याएको डिबेन्चरको परिपक्व अवधि १० बर्षको रहेको छ भने यसले बार्षिक ८।५ प्रतिशत ब्याज दिने भएको छ। एनआईसी एसियाले असर ६ देखि असर २०,२०७८ सम्म बिक्रीमा ल्याएको ३० लाख डिबेन्चर मध्ये १२ लाख इकाई सर्वसाधारणले र १८ लाख इकाई निजि सँस्थाले खरिद गरेका छन्।
दुवै संस्थाले प्रति इकाई एक हजार रुपैयाँमा बिक्रि गरेका हुन्।