साहस उर्जाले ७० लाख कित्ता आइपीओ बिक्रि गर्ने, १० लाख ५० हजार कित्तासम्म भर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 11:21:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सोलु खोला दुध कोशी हाइड्रो परियोजनाबाट ८६ मेगावाटको बिद्युत निर्माण कार्य गरिरहेको साहस उर्जा लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। 

साहस उर्जाले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर आगामी असोज ६ देखि १० सम्म सर्वसाधारणको लागि बिक्रि खुला गर्ने भएको हो। आइपीओमा पर्याप्त आबेदन नपरेमा ढिलोमा असोज २० गतेसम्म आबेदन खुला रहनेछ।

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। 

इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन। साहस सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।       

यस अगाडी कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयको लागि बिभिन्न चरणमा १ करोड ५ लाख कित्ता सेयर बिक्रि खुला गरेको थियो।  आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपीओ जारि गरे पश्चात कम्पनीमा सेयर संरचना ७०:३० रहनेछ भने चुक्ता पुंजी ३ अर्ब ५० करोड पुग्नेछ। 

इकरा नेपालले साहज उर्जाको आइपीओ लाई बिबि प्लस रेटिङ दिएको छ। यो निजि क्षेत्रले निर्माण गरिरहेको नेपाल कै ठुलो क्षमताको जलविद्युत योजना हो ।  यसको कुल लागत ११ अर्ब ८६ करोड प्रक्षेपण गरिएको छ भने यस परियोजनालाई नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्त्वमा अरु नौं बैंक वित्तीय सँस्थाले ८ अर्ब ६५ करोड लगानी गरेका छन्। 

सन् २०१४ फेब्रुअरीमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा स्थापना भएको साहस उर्जा लिमिटेड सन् २०१४ सेप्टेम्बरमा पब्लिकमा रुपान्तरण भएको हो। 

साहज उर्जाको चुक्ता पुंजी मिड जुलाई २०२० सम्म २ अर्ब ४५ करोड थियो। यसका प्रमुख संस्थापक सेयरहरु महेन्द्र कुमार गिरि (२.२९%), सुशील थापा (२.२१%), हिम प्रसाद पाठक (१.०४%) रहेका छन। 

कम्पनीले आइपीओं मार्फत १ अर्ब ५० करोड पुंजी जुटाउने लिएको लक्ष्य अनुसार आइपीओ ल्याउन लागेको हो। ८६ मेगावाटको सोलु खोला परियोजना प्रदेश १ मा अवस्थित छ। अहिलेसम्म अर्थात यस आर्थिक बर्षसम्म कम्पनीको ४० प्रतिशत काम भई सकेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved