धितोपत्र बोर्डको 'निमित्त' को जिम्मेवारी गिरीलाई, सरकारको प्रतिनिधि पनि फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 01:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बन भएपछि बोर्डका कार्यकारी निर्देशक निरज गिरीले 'निमित्त' को जिम्मेवारी पाएका छन् । अर्थ मन्त्रालयले भदौ २८ गते सोमबार गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्ने र बोर्ड संचालन गर्ने गरि जिम्मेवारी दिएको हो।  

धितोपत्र बोर्ड ऐनले बोर्डको अध्यक्ष खाली हुने परिकल्पना नगरेकोले निमित्त शब्द भने उल्लेख नगरिएको बताईएको छ । मन्त्रालयले पठाएको पत्रमा निमित्त शब्द उल्लेख नभएपनि निमित्त अध्यक्ष सरह कै जिम्मेवारी गिरीलाई प्रदान गरिएको हो ।  उनले बोर्डको संचालक समितिको बैठक समेत बोलाउन सक्छन् ।  तर त्यसको अध्यक्षता भने उनले गर्न पाउने छैनन्।  

त्यस्तै अर्थ मन्त्रालयले बोर्डमा नयाँ प्रतिनिधि पठाएको छ ।  यस अघि बोर्डको संचालक समितिको सदस्यको रुपमा अर्थ मन्त्रालयले रामेश्वर दंगाललाई पठाएकोमा उनलाई फिर्ता बोलाएर शोभाकान्त पौडेललाई पठाएको छ ।  पौडेल हाल आन्तरिक राजश्व विभागमा महानिर्देशक समेत हुन् ।  उनले बोर्ड संचालक समिति सदस्यको रुपमा सपथ लिन भने बाँकि रहेको बताईएको छ ।

सरकारले बोर्ड अध्यक्ष ढुंगानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो ।  सरकारले उनलाई निलम्बन गर्दै उनी माथि छानविन गर्न समिति समेत गठन गरेको हो ।  हाल समितिले उनी माथि छानविन गरिरहेको छ ।  

आफ्नो भाई, बुहारी, तथा छोरीमा नाममा सर्वोतम सिमेन्टको शेयर खरिद गरेको पाईएपछि उनी विवादमा आएका थिए । यहि बिषयलाई लिएर अर्थमन्त्रालयले उनलाई धितोपत्र बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved