४० अंकले घट्यो नेप्से, ११ कम्पनीको मात्र मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 03:36:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ को विन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५० रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै २२ करोड १४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड २ लाख, आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख, रैरांग हाइड्रोको १४ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै २.९८ प्रतिशतले घटेको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरको मूल्य ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ । त्यस्तै छ्याङ्दी हाइड्रोको शेयर मूल्य ४.०८ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका मध्ये १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको मात्र मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved