नेप्सेमा अनसन बस्न गएकालाई प्रहरीले पाल टाग्न नै दिएँन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 02:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा अनसन बस्न पुगेका लगानीकर्तालाई प्रहरी बस्न रोक लगाएको छ । आफ्नो मागको कुनै पनि सम्बोधन नभएको भन्दै  पुँजी बजार सुधार संघर्ष समितिका सदस्यहरु आमरण अनसन बस्ने भन्दै नेप्से पुगेका थिए । तर प्रहरीले निषेधित क्षेत्र भएकोले अनसन बस्न नमिल्ने भन्दै उनीहरुलाई पाल टाग्नबाट रोकेको हो । 

नेप्से अगाडी बस्न नमिल्ने भन्दै प्रहरीले रोकेपछि उनीहरु नेपाल धितोपत्र बोर्डतर्फ लागेका छन् । अनसन बस्नको लागि नेप्सेलाई सोधपुछ नगरेकोले पनि रोकेकोले केहि लगानीकर्ता बोर्डमा अनसन बस्नको लागि अनुमति माग्न बोर्डतर्फ गएको बताईएको छ 

यस समुहले नेपाल राष्ट्र बैंकका गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग रस्ख्दै आएको छ 

समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र समेत बुझाएको थियो। समितिले यस अघि माइतीघरमा रिले अनसन बसेकोमा अन्य लगानीकर्ताले साथ नदिएपछि स्थगित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved