आँखुखोलाको ६६ लाख कित्ता शेयरको लकिङ पिरियड सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 10:43:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनी Ankhu Khola Jalvidhyut Company  को स्थानीय र संस्थापक शेयरको लकिङ पिरियड यसै महिनादेखि सकिने भएको। आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुग्न लागेकोले लकिङ पिरियड सकिने भएको हो 

कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा आगामी असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट उक्त शेयरको कारोबार गर्न सकिने छ । 

त्यस्तै ६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको आगामी कार्तिक ११ गते ३ वर्ष पुग्ने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भई कारोबार गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved