सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 11:28:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ  ।  ३३ प्रतिशत नगद लाभांशमा योजनाको मूल्य समायोजन भएको हो  ।  समायोजनपछि योजनाको इकाई मूल्य १२ रुपैयाँ ८५ पैसा कायम भएको छ  ।  समायोजन अघि योजनाको इकाई मूल्य १६ रुपैयाँ १५ पैसा रहेको थियो  । 

योजनाले आज लाभांश बितरणको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्र म्युचुअल फण्डले दिने लाभांश पाउँन सक्ने छन्  ।  

सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved