
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आइएमई बैंक Global IME Bank Limited को ऋणपत्र सुचिकृत भएको छ । बैंकको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७” नामको ऋणपत्रको ३० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६÷६ महिनामा व्याज प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।