तेहोरो अंकले घट्यो नेप्से, २७ सयको बिन्दुबाट पनि तल झर्यो सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 03:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४.०५ प्रतिशत अर्थात् ११४.०२ अंकले घटेको हो । आजको कारोबारपछि नेप्से सूचक २६९८.२५ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ४० करोड ६५ लाख, हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख , नबिल बैंकको १८ करोड ४४ लाख, युनाइटेड मोदी हाइड्रोको १७ करोड ६६ लाख , तथा अपि पावरको १६ करोड ६३ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा ८.५६ प्रतिशतले घटेको छ भने विकास बैंक समुह ६.३५ प्रतिशतले तथा हाइड्रो समुह ६.८० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीको मूल्य घटेको छ । 

आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भएँ डिप्रोक्स लघुवित्तको शेयर मूल्य २.०४ प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर मूल्य १.९९ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved