केन्द्रीकृत केवाईसी बनाउने जिम्मा पीसीएसलाई, ५ महिनामा तयार पारि सक्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 10:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार गर्ने जिम्मा प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) लाई दिएको छ ।  ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरि ति ३ मध्येबाट पिसिएसलाई छनौट गरिएको सिडीएसले जनाएको छ ।

यस कार्यको लागि सिडीएसले प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाललाई सर्ट लिस्ट गरेको थियो। वाईको प्रालि नेप्सेको टिमएस बनाएको कम्पनी पनि रहेकोले वाईकोले ठेक्का पाउने अनुमान गरिए पनि  पिसिएससंग सिडीएसले ठेक्का सम्झौता गरेको हो  । सर्टलिस्टमा परेकासँग प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरेर त्यसको आधारमा पिसिएसको प्राविधिक तथा आर्थिक प्रस्ताव उत्कृष्ट रहेकोले सो कम्पनीले छनौट गरिएको सिडीएसले जनाएको छ । 

सिडीएसका अनुसार पीसीएसले ६ महिनामा प्रणाली तयार पारेर सिडीएसलाई दिनु पर्ने छ। सम्झौता गरिएको १ महिना व्यतित भईसकेकोले अब ५ महिना भित्र प्रणाली तयार गरिसक्नु पर्ने हुन्छ। 

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved