नेप्सेमा मैलुङ खोलाको सेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 01:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै बुधबारबाट नेप्सेमा कम्पनीको शेयरको कारोबार खुला हुने छ । कम्पनीको MKJC सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।  यस रेन्जमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुरु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।  

कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

 कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved