साहस उर्जाको आईपिओ रिभ्यु: आकर्षक र निजि क्षेत्र कै ठूलो आयोजना, यसै वर्षदेखि लाभांश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2021 | 08:20:24 PM मा प्रकाशित

laxmi bank

८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट  निर्माण गरिरहेको साहस उर्जा लिमिटेडले बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्दै छ। साहस उर्जाले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर आगामी असोज ६ देखि १० सम्म सर्वसाधारणको लागि बिक्रि खुला गर्ने भएको हो। 

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन्।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनी परिचय : 

साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७०÷१०÷१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१÷०५÷२९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो । कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं. १, हात्तीसारमा र आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेकोछ ।

 कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ ।

 संगठित संस्थाले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

संगठित संस्थाको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो ।

शेयर पुँजी संरचना 

कम्पनीको अधिकृत पूँजी तीन अर्व पचास करोड रुपैंया रहेको छ ।  कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  तीन अर्व पचास करोड रुपैंया रहेको छ।  कम्पनीको संस्थापकहरुले तत्काल चुक्ता गर्न कवुल गरेको पूंजी दुई अर्व पैतालिस करोड रहेको छ । सोलुखुम्बु जिल्लाका स्थानीय वासिन्दाका निमित्त छुट्टाइएको पैतिस करोड रुपैया) रकम बराबरको साधारण शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी  दुई अर्व असी करोड भएको छ । सर्वसाधारण (कर्मचारी तथा सामुहिक लगानी कोष समेत) का लागि छुट्याइएको शेयर ७०,००,००० कित्ता निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी  तिन अर्व पचास करोड रुपैया हुनेछ । 

आधारभूत शेयरधनी तथा संचालकको विवरण 

कम्पनीको आधारभुत शेयरधनीमा सागर पाठक, सावित्री अधिकारी,  अनुपमा थापा, शुसिल थापा, हिम प्रसाद पाठक,सौर्य विक्रम थापा,, कैलास प्र. सिरोहिया,, महेन्द्र कुमार गिरी,  र  किरण देवी अग्रवाल रहेका छन् ।  कम्पनीको संचालकहरुमा हिम प्रसाद पाठक, शुसिल थापा, मुक्तिराम पाण्डे,, भोज बहादूर शाह, मिनराज कंडेल, महेन्द्र कुमार गिरी,  र परितोष पौड्याल रहेका छन् ।  कम्पनीको अध्यक्ष हिम प्रसाद पाठक रहेका छन्।  उनी रु रु जलविद्युत परियोजनाका पूर्व अध्यक्ष् हुन् ।  त्यस्तै हाल संचालक रहेका भोजबहादुर शाह मेगा बैंकका अध्यक्ष हुन् । मुक्तिराम पाण्डे पनि मेगा बैंकका हालका संचालक हुन् ।

कम्पनीका संचालक समितिका प्रबन्ध संचालक शुसिल थापा र संचालक मिनराज कडेल समान उद्देश्य भएको अन्य कम्पनीको संचालक समितिमा रहेकोले आगामी कार्यकालमा समान उद्देश्य भएको कुनै एक कम्पनीमा मात्र संचालक समितिमा रहने प्रतिवद्धता नेपाल धितोपत्र बोर्डमा व्यक्त गरेको कम्पनीले जनाएको छ ।  शुसिल थापा लिबर्टी इनर्जीमा पनि संचालक छन् भने मिनराज कँडेल रुरु जलविद्युत परियोजनामा संचालक छन् । 

अध्यक्ष रहेका हिम पाठकले कम्पनीको प्रमुखको रुपमा कम्पनी संचालन र व्यवस्थापन गर्ने  र प्रबन्ध संचालक शुसिल थापाले परियोजनाको लागि आवश्यक पर्ने बैंक, ठेकेदार तथा सरकारी निकायहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन् । उक्त जिम्मेवारी वहन गरे स्वरुप २०७६÷०७७ आ.व.मा संचालक समितिका अध्यक्ष हिम प्रसाद पाठकलाई रु. ५३,०३,८४०.०० र प्रबन्ध संचालक शुसिल थापालाई रु. ३३,१४,९००.०० पारिश्रमिकको रुपमा भुक्तान गरिएको कम्पनीले जनाएको छ  । कम्पनीको प्रोजेक्ट म्यानेजर गोबिन्द चालिसे हुन् भने नोबल अधिकारी वरिष्ठ वित्त अधिकृतको रुपमा रहेका छन्  । कम्पनीमा कुल ४३ कर्मचारी छन्  । 

कम्पनीले संचालक समितिको अध्यक्षलाई प्रति बैठक रु. १०,०००÷– तथा संचालक समितिको अन्य सदस्यहरुलाई प्रति बैठक रु. ८,०००÷ बैठक भत्ता प्रदान गर्ने गरेको छ । संचालक समितिको अध्यक्ष र प्रबन्ध सञ्चालक बाहेक अन्य सदस्यहरुलाई आयाजना स्थल भ्रमणको हकमा भ्रमण भत्ता स्वरुप दैनिक रु. ४,०००÷– प्रदान गर्ने गरेको छ । साथै संचालक समितिको अध्यक्ष र प्रबन्ध सञ्चालक बाहेक अन्य सदस्यहरुलाई मासिक रुपमा इन्धन तथा संचारका लागि सुबिधा स्वरुप रु. १५,०००÷– प्रदान गर्ने गरेको छ । 

बीमा विवरण 

कम्पनीले सिभिल संरचनाको ओरियण्टल इन्स्योरेन्स कम्पनीमा ५,१९,७७,८७,१७९.२९ बराबरको , हाइड्रो मेकानिकलको नेपाल इन्स्योरेन्समा १,४४,२८,१५,७०५.०० बराबरको र इलेक्ट्रो मेकानिकलको प्रिमियम इन्स्योरेन्समा २,११,६७,३६,४३९.३४ को गरि कुल रु ८,७५,७३,३९,३२३.६३  बराबरको बीमा गरेको छ  । जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको व्यवस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्नका लागि आयोजनाको आवश्यक संरचनाको हकमा एन्.एल्.जी. इन्सुरेन्स कम्पनीबाट जलविद्युत आयोजना अन्तर्गतका मेसिन, औजार, सवारी साधनहरु र उपकरणहरुको बीमा गरिएको कम्पनीले जनाएको छ ।

वित्तीय विवरण 

कम्पनीको आ.व. २०७६÷७७ को लेखा परिक्षक द्वारा प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी २ अर्ब ४५ करोड र संचिति नाफा ८५ करोड ८६ लाख रहेको छ । त्यस्तै यस वढिको खुद मुनाफा ८६ करोड ५१ लाख रहेको छ । 

कम्पनीको आ.व. ७७/७८ को  अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी २ अर्ब ४५ करोड र संचिति मुनाफा १ अर्ब ४० करोड रहेको छ । यस अवधिको खुद नाफा ५४ करोड ९२ लाख रहेको छ । 

आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो शेयर पुँजी ३ अर्ब ५० करोड नै हुने प्रक्षेपण गरेको छ  त्यस्तै यस अवधिको संचित नाफा क्रमश २ अर्ब २५ करोड, २ अर्ब ४३ करोड र २ अर्ब६३ करोड हुने कम्पनीको प्रक्षेपण रहेको छ ।  आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा  कम्पनीले आफ्नो खुद नाफा क्रमश ७७ करोड २ लाख, १ अर्ब १ करोड र १ अर्ब ९ करोड हुने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा क्रमश ४३ लाख ५० हजार, ७२ करोड ८५ लाख र ७९ करोड १८ लाख बराबरको लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ ।  उक्त वित्तिय प्रक्षेपणको आधारहरु तथा तरिका पुनरावलोकन गरी ठिक छ भनि रविन दाहाल एण्ड एसोसिएटसले प्रमाणित गरेका छन् । 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी क्रमश  ०.१० रुपैया ऋणात्मक, ०.०५ रुपैयाँ ऋणात्मक र ३५ रुपैयाँ ३१ पैसा रहेको थियो । कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २२.४२ रिपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी क्रमश २१.८७ रुपैयाँ, २६.०२ रुपैयाँ र २८.२८ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश  ९९.८२ रुपैया , ९९.७९ रुपैयाँ र १३५.११ रुपैयाँ रहेको थियो । कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५७.४३ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर नेटवर्थ क्रमश १६४.५६ रुपैयाँ, १६९.७७ र १६९.७१ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

आईपिओबाट आएको आएको पुँजी उपयोग

कम्पनीले आफ्नो जारी पुंजीको १० प्रतिशत अर्थात ३५,००,००० कित्ता उद्योग प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका वासिन्दाहरुको लागि र सर्वसाधारणहरुमा जारी पूंजीको २० प्रतिशत अर्थात ७०,००,००० कित्ता शेयर सार्वसाधारणमा निष्काशन गरी  कुल १ अर्ब ५ करोड रकम उठाउने छ। जस मध्ये बैंकबाट लिएको अल्पकालिन कर्जा भुक्तान गर्न ६० करोड, परियोजनाको सिभिल ठेकेदारलाई भुक्तानी गर्न २२ करोड, परियोजनाको हाइड्रोमेकानिकल ठेकेदारलाई भुक्तानी गर्न १३ करोड, र परियोजनाको प्रशारण लाईनको ठेकेदारलाई भुक्तानी भुक्तानी गर्न १० करोड प्रयोग गरिने कम्पनीले जनाएको छ । 

प्रत्याभूति
 कथंकदाचित निष्काशन गरिने शेयर पूर्णरुपमा विक्री नभएमा बांकि शेयर नागरिक लगानी कोषले प्रत्याभुति गर्ने सम्झौता भईसकेको छ । यसको लागि कम्पनीले नागरिक लगानी कोषलाई २६,२५,००० रुपैयाँ सेवा शुल्क दिने छ । त्यस्तै निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको एनआईबिएल एस क्यापिटललाई कम्पनीएल १५,७५,००० रुपैयाँ सेवा शुल्क दिने छ ।

कर्जा विवरण 
साहस उर्जा लिमिटेड अन्तर्गतको आयोजना संचालनको लगि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोप्रमुखत्वमा जलविद्युत लगानी तथा विकास कम्पनी लि., राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सेञ्चुरी कमर्सियल बैंक, सानिमा बैंक, सनराईज बैंक, प्रभु बैंक र सिभिल बैंक लिमिटेड मार्फत वित्तीय स्रोतहरुको प्रयोग गरेको छ । उक्त कर्जाको कुल स्वीकृत सीमा रु. ८ अर्व ६५ करोड भएकोमा २०७८ आषाढ मसान्तमा बाँकी कर्जा रु. ४ अर्व ६६ करोड ८७ लाख २६ हजार रहेको छ । कर्जा भुक्तानी अवधि १२ वर्ष रहेको छ भने शुरुको किस्ता रकम भुक्तानी हुने वर्ष २०७९/८० तथा अन्तिम किस्ता रकम भुक्तानी हुने वर्ष २०९०/९१ रहेको छ । कम्पनीको २०७८ आषाढ मसान्त सम्मको कर्जा रकम ४ अर्ब ६६ करोड रहेको छ । कम्पनीले हालसम्म किस्ता तिरेको छैन । आयोजनाको निर्माणको लागि निर्माणाधिन अवस्थामा हुने व्याज खर्च समेत गरि कुल लागत रु. ११,८६,०१,१३,०००÷–
अनुमान गरिएको छ । उक्त रकम मध्ये कम्पनीले रु. ३,५०,००,००,०००÷– स्वपूँजीबाट र बाँकी रकम बैंकको ऋणबाट लगानी गर्नेछ । आयोजनाको निर्माण अवधिको ब्याज सहित (IDC)  प्रति मेगावाट लागत तेह्र करोड उनासी लाख सात हजार अनुमान गरिएको छ । 

आयोजना सम्पन्न हुने, परिक्षण उत्पादन शुरु हुने र पूर्ण व्यावसायिक उत्पादन शुरु हुने अनुमानित मिति
हालको निर्माण कार्यको प्रगतिलाई ध्यानमा राखी कम्पनीले नयाँ कार्य तलिका तयार पारेको छ । 
सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना सम्पन्न हुने मिति ः २०७८÷११÷०८
परिक्षण शुरु हुने मितिः २०७८÷११÷०८
व्यवसायिक उत्पादन शुरु हुने मिति ः २०७९÷०२÷२०

कम्पनीका अनुसार हाल आयोजनाको ७२ प्रतिशत कार्य सम्पन्न भएको छ भने सिभिल संरचना, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रशारण लाईनको गरी समग्रमा २८% काम सक्न बाँकी छ । 

क्रेडिट रेटिङ्ग सम्बन्धी ब्यबस्था ः
यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई “साहस उर्जा लिमिटेडलाई मिति २०७७÷०६÷२१ मा “समयमा वित्तीय दायित्व पुरा गर्न चुक्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP -IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus)” प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८÷०६÷२० सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धीत रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थीतीलाई जनाउँदछ । यसको अर्थ[ICRANP -IR] BB+ को स्थिती ICRANP -IR] BB भन्दा एक चिन्ह माथि रहन्छ ।

नोट : यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved