एनएमबि क्यापिटलले आजदेखि इकाईधनीको खातामा लाभांश पठाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 09:57:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  ले आफ्नो संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश आज असोज ६ गतेदेखि इकाईधनीको खातामा पठाउने भएको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल वानको लाभांश आज असोज ६ गतेदेखि र  एनएमबि फिफ्टी नामक म्युचुअल फण्डको लाभांश असोज ७ गतेदेखि सम्बन्धित इकाईधनीको खातामा पठाउने भएको हो ।

क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाभांश पाउँन सक्ने छन् । क्यापिटलले कनेक्ट आईपीएस मार्फत समबन्धित इकाईधनीको बैंक खाता मै नगद लाभांश जम्मा गरिने जनाएको छ । क्यापिटलले बैंक खाता अध्यावधिक गराउनु पर्ने भए अध्यावधिक गराउन र डिम्याट खातामा इकाई नआएको भए डिम्याट खाता पनि अध्यावधिक गराउन आग्रह गरेको छ । 

 योजना ब्यबस्थापक एनएमबी क्यापिटलले आर्थिक वर्ष ७७/७८ को लागि घोषणा गरिएको लाभांश पठाउन लागेको हो  । जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित योजना हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved