तेहोरो अंकले बढ्यो नेप्से, सबै कम्पनीको मूल्य बढ्यो, एक दर्जन कम्पनीमा सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 03:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३.८७ प्रतिशत अर्थात १०४.८८ अंकले बढेको हो ।

आज कारोबारमा आएका २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर खरिदबाट ६ अर्ब १७ करोड ९३ लाख १ सय ५७ रुपैयाँ ६२ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै २३ करोड ३४ लाख, नेशनल हाइड्रोको १८ करोड ४८ लाख, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ८.५४ प्रतिशतले तथा विकास बैंक समुह ७.७४ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थित छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन । आज एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved