न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 07:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन भएको थियो ।  यस समुह अन्तर्गत  १० देखि १४० कित्ता शेयरको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् भने १५० देखि ३० हजरस्देममको लागि आवेदन दिने मध्येबाट १३ सय ५६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्  ।

त्यस्तै कम्पनीले यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन भएको थियो । यस अन्तर्गत १० देखि ३० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने ४० देखि २५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट १८ हजार २ सय ३६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्। 

 साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर पनि आज नै बाँडफाँड गरिएको छ । 

स्थानीयको शेयर बाँडफाँड भएसंगै अब कम्पनीलाई सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुलेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।  

 कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved