रुरु जलविद्युत परियोजनाको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 07:49:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ मा बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।  

कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य १३२७ रुपैयाँ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले  असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved