बैंकका कारण शेयर डिम्याट गराउन शेयरधनीलाई सास्ती, डिआरएन माग्दा दिन्छन् सिआरएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 09:25:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकका शाखाहरुले असहयोग गर्दा शेयरधनीले शेयर डिम्याट गर्दा सास्ती भोग्नु पर्ने अवस्था आएको छ। बैंकका शाखाले डिम्याट खाता सजिल्यै खोलिदिने तर शेयर डिम्याट गर्न जाँदा विभिन्न बहाना बनाएर शेयरधनीलाई दुख दिने गरेको पाईएको हो । 

विशेषगरि हाइड्रो कम्पनीको स्थानीयको शेयरमा यो समस्या देखिएको छ । स्थानीयलाई आरक्षण गरिएको शेयरमा आवेदन दिनको लागि डिम्याट अनिवार्य गरिएको छैन । त्यस्तै डिम्याट अनिवार्य गर्नु भन्दा अगाडी जारी गरिएको शेयरमा पनि यो समस्या छ ।  

शेयर डिम्याट गर्नको लागि आफ्नो दस्तखत रुजु गरी सम्बन्धित हितग्राही खाता रहेको ठाउँबाट अर्थात् डिआरएफ अर्थात् डिम्याट रिक्वेस्ट फर्म भरेर डिआरएन अर्थात् डिम्याट रिक्वेस्ट नम्बर  बनाई उक्त कागजातहरुलाई कम्पनी वा शेयर रजिष्ट्रारमा पठाउन पर्ने ब्यबस्था छ । डिआरएफ शेयरधनीले भर्नु पर्छ भने डिआरएन डिपी अर्थात् डिम्याट खोल्ने कम्पनीले दिनु पर्छ यदि बैंक डिपी भए बैंकको शाखाले नै डिआरएन दिनु पर्ने ब्यबस्था गरिएको छ 

तर कतिपय बैंकका शाखाले यो विषय नै नबुझेर डिआरएनको सट्टा आईपिओ भर्दा आवश्यक पर्ने सीआरएन नम्बर दिएर पठाउने गरेको पाईएको छ । त्यस्तै कतिपयले डिआरएन शाखाबाट नमिल्ने बताउदै शेयरधनीलाई बैकका क्यापिटल मै जानु पर्ने भन्दै काठमाडौँ नै पठाउने गरेका छन् । जसका कारण शेयरधनीहरु शेयर डिम्याट गर्नैको लागि काठमाडौँ आउनु पर्ने बाध्यता सिर्जना भएको छ । 

सिडीएस एण्ड क्लियारिङले भने  डिपी बैंक भएको खण्डमा पनि समबन्धित शाखाबाट डिआरएन दिनु पर्ने बताएको छ । सिडीएसका प्रवक्ता सुरेश न्यौपाने यस्तो समस्या नदेखिएको र डिपीहरु नयाँ भएमा मात्र यस्तो समस्या देखिएको हुन् सक्ने दाबी गर्छन् । यदि यस्तो समस्या आएको भएमा उनीहरुलाई यस अघि जारी गरिएको सर्कुलर अनुसार नै काम गर्नको लागि निर्देशन दिईने उनले बताएका छन् । नयाँ डिपीहरुमा जानकारी नहुँदा यस्तो समस्या आएको हुन सक्ने उनको भनाई छ । 

सिडीएसले २०७१ माघ १५ गते जारी गरेको परिपत्रमा पनि यो विषय उल्लेख छ । परिपत्रमा भनिएको छ 'यस लि. को मिति २०७१/०६/१३ गतेको संचालक समितिको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत “क” वर्गका वाणिज्य बैंकहरुको हकमा मिति २०७१/०६/२० गते देखि र अन्य समूहको हकमा २०७१/०७/०२ गते देखि भौतिक धितोपत्रको कारोबारको नामसारी अनिवार्य रुपमा Demat मा प्राप्त गर्नका लागि “भौतिक रुपमा रहेका धितोपत्र कारोबारको खरिद गर्दा अभौतिकीकरण गर्ने कार्यविधि, २०७४" अनुसार कार्यान्वयन भईरहेकोमा सो कार्यविधि बमोजिम T+13 भित्र हितग्राहीको खातामा धितोपत्र जम्मा हुनु पर्नेमा वर्तमान अवस्थामा सो तोकिएको समयावधि भित्र कार्य सम्पादन भइ नरहेको पाईएकोले सो समस्या समाधानका लागि कार्यविधिको बुदा नं. १(च) अनुसार निक्षेप सदस्यले Demat Request Form मा सिडिएससिको प्रणालीबाट उपलब्ध हुने DRN उल्लेख गरी छाप लगाई सम्बन्धित रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि (RTA) लाई पठाउनु पर्ने व्यवस्था रहेकोमा सम्पूर्ण निक्षेप सदस्यले हितग्राहीबाट प्राप्त गरेको धितोपत्र अभौतिकीकरणको अनुरोध सिडिएससिको प्रणालीमा प्रविष्टि गरे पश्चात् उपलब्ध हुने DRN विद्युतीय माध्यमबाट सम्बन्धित RTA लाई जानकारी गर्न र RTA ले पनि विद्युतीय माध्यमबाट प्राप्त भएको उक्त जानकारी बमोजिम कार्य गर्न साथै सम्पूर्ण पक्षले "भौतिक रुपमा रहेका धितोपत्र कारोबारको खरिद गर्दा अभौतिकीकरण गर्ने कार्यविधि, २०७१" को व्यवस्था बमोजिम आफ्नो जिम्मेवारी बहन गरी सहयोग गरिदिनु हुन अनुरोध छ।'

सो परिपत्र बमोजिम  डिपीले सबै कार्य गर्नु पर्ने सिडीएसको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved